Friday, October 23, 2020
वीरगञ्ज ७ पर्सा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी कोरोनाभाइरसलाई जितेर सङ्क्रमणबाट मुक्त भएका छन् । विगत ४ हप्ता देखि कोरोना भाईरस बाट सङ्क्रमित भइ होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको...
वीरगन्ज ६ पर्सा पर्सामा जिल्लमा स्वास्थ्यकर्मी र नेपाल प्रहरी सहित थप ५४ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ४५०...
बीरगन्ज ६ भदौ कोरोना संक्रमणबाट बीरगन्जमा तीन जनाको मृत्यु भएको छ । गए राती दुइ जनाको र आज बिहान एक जनाको मृत्यु भएको चिकित्सक ले जनाएको छ । गए राती शुक्रवार वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली विर्ता बस्ने ४८...
सितल गिरी द्रूत गतिले बदलिंदो सामाजिक परिवेशमा कहिलेकाही हाम्रो संस्कृति विलीन हुँदै गएको महसूस हुन्छ । संस्कृति र सामाजिक परिवर्तनमा धेरै हदसम्म युवापिढीले मुख्य भूमिका वहन गर्दछ । कहिलेकाहीं यस्तो परिवर्तनलाई समयको अनुकूल भनिन्छ त कहिले यस्तो बदलिदो परिवेशलाई...
 रेणुका जि सी  //      सोमबार साँझ कपनको आकाशे धारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशुलाई बेवारिसे अवस्थामा भेटे । कार्टुनको बाकसमा रहेकी ४/५ दिनकी जस्ती ती  अबोध सुन्दर शिशुको तस्विर  हाम्रो  समाजको कुरुप  बिम्ब बोकेर  उभिएको जस्तो लाग्यो ।  घचघचाइरह्यो । घटनाको सत्यतथ्य कुरा जे भएपनि  यति त  अनुमान लगाउन सकिन्छ  कि सहज रुपमा  नै गर्भपतनको सुबिधा भैरहेको अहिलेको अवस्थामा यसरी शिशु भेटिनु गर्भको अन्त्य समयतिर आएर महिला माथि भएको धोकाको परिणाम हो । र बालगृह नजिकै शिशु भेटिनु भनेको बच्चा बालगृहमा सुरक्षित हुर्कियोस् भन्ने आमाको  चाहना हो ।   वेवारिशे रुपमा  कोही जिवित कोही मृत अवस्थामा शिशु भेटिएका  खबर हामीले प्राय सुनिरहेका हुन्छौँ । यी खबरहरु सुखद खबर  होइनन । तर सोचनीय खबर चाहीँ पक्कै हुन !  अक्सर यस्ता खबर सुन्नासाथ हामी धेरैको प्रतिक्रिया यही हुन्छ । चरित्रहिन आइमाइ ....पापीनी आमा ....आमाको नाममा कलंक ....या यस्तै केही । यसरी नै सतही प्रतिक्रिया दिने कि यस बारेमा गम्भिर भएर चिन्तन  मनन पनि गर्ने ?    एक आमा जसले आफुभित्र एउटा जीवन  हुर्काइरहेकी  हुन्छे । उसले सामान्य अवस्थामा आफ्नो सन्तान छाड्न सक्दिन  । सर्वमान्य कुरा हो । असामान्य अवस्थाहरु चाहीँ कसरी सृजित भैरहेका छन ?  त्यसका कारणहरु के के हुन सक्छन त ! तपाईं हाम्रो  सोचको विषय  यो पो बनाउने कि !  बच्चा त्यही बाटो भएर जन्मन्छ जुन बाटो भएर एउटा पुरुष महिलामा पुग्छ । कुनै पुरुष बिना महिला एक्लै आमा बन्न सक्दिन । महिला पनि पुरुष सरह एक शरीर हो । महिला र पुरुष शरीरका आ आफ्नै विशेषता छन । प्रजनन प्रकृयाका आधारमा  मात्र महिला र पुरुष दुई फरक जातीका रुपमा बिभाजित हुन ।   मानव जीवनमा पनि यौन  सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । सृष्टी यौनकै उपज हो । महिला र पुरुषको रगत र विर्य नमिली गर्भधारण हुँदैन । गर्भधारण पश्चात गर्भको शिशुको सुरक्षा महिलाको हातमा हुनुपर्ने हो । तर सवाल यो हो ,  के महिलाको पाठेघरमा महिलाको अधिकार छ त ?  गर्भमा छोरी छ भन्ने थाहा पाएपछि परिवारको निर्देशनमा लुरुलुरु अस्पताल पुगेर जतिपटक पनि लम्पसार परेर खुट्टा उचाल्न पछि नपर्ने आम महिलाको पाठेघर कुन सोचको मुट्ठीमा छ  ? कुन सोचको निर्देशनमा यी शिशु  नाजायज बनिन र कार्टुनमा आइपुगिन ?          अब कुमाता भन्नेहरुले यो पनि  भनिदिनुहोस ।महाभारतमा सत्यवती र  कुन्ती लाई विचरा भन्न सक्ने हामी , कर्णलाई नदिमा बगाउँदा बगेका कुन्तीका आँशुले पोलेर धरधरी रुन सक्ने  हामी ! तर घर छेउका कुन्तीहरु हामीलाई  किन अस्विकार्य !  के संवेदना भन्ने कुरा फिल्मको पर्दाका लागि मात्र हो र !  जायज र नाजायजका जुन प्रश्नहरु अहिले हाम्रा समाजमा  उठाइरहेका छौँ ती प्रश्नहरु हाम्रा धर्मग्रन्थहरुमा  पनि उठाउन जरुरी छ । पराशर ऋषीले सत्यवतीलाई कुमारी अवस्थामा आमा बनाए ,  सूर्यले कुन्तीलाई कुमारी अवस्थामा आमा बनाए, अझै महर्षी व्यासले त आफ्नी  आमाको लोग्नेका छोराकी विधवा श्रीमतीलाई र दाशीलाई आमा बनाए ।  भरत वंश अगाडि बढ्यो । हामीले सहजै पचाइदियौँ । अति सामान्य रुपमा । कारण त्यहाँ  ती (नाजायज )कुराहरुको व्याख्या गर्न जायज कारणहरु दिइएको छ नि त !  अनि त्यस्ता जायज कारणहरुका शृङ्खला हाम्रा वरपर पनि त होलान नि  । हैन र !            हामी पटक पटक जायज र नाजायज का बारेमा बोल्छौँ । आखिर के जायज  ?  हामीलाई जे सुनाइयो सुन्यौँ  त्यही ! जे पढाइयो पढ्यौँ त्यही !  हाम्रो चेतनाको पर्दा  खोलेर त हेरौँ ब्रह्मा , विष्णु , महेश्वर देखि राम , कृष्ण , बुद्ध सबैमा प्रश्नचिन्ह खडा गर्ने प्रशस्त ठाउँ  भेटिन्छन । अझ महाभारत र श्रीस्वस्थानीका त  नकुरा गरुम ।  हाम्रा धार्मिक ग्रन्थहरुलाई  हेर्दा  पनि यति त भन्न सकिन्छ पितृसत्तात्मक जगमा उभिएको हाम्रो समाजको मालिक पुरुष हो ।  प्राचिन समयमा पनि अहिले पनि , लिङ्गका आधारमा हामी महिलाहरु भएपनि अधिकांश महिलाहरुको सोच  नै पुरुषप्रधानताले हावी भएको छ । लोग्नेमानिस हो यति त भै हाल्छ नि । हामी सहजै स्विकार गरिदिन्छौँ ।जसले गर्दा समाजमा मालिकका रुपमा व्यवहार गर्न पुरुषहरु वर्जित छैनन , महिलाहरु वस्तु बनेका छन , दासी बनेका छन । यस्ता प्रवृत्तिप्रति महिलाहरुको मौनताले स्विकारोक्ती बोलीरहेको छ । फलस्वरुप अपराध बढिरहेको छ । एउटी महिलाको दुई दुई पटक दुई  श्रीमानद्वारा हत्या गरिएको दृष्टान्त हाम्रै सामु छ । हामी भनेँ आँखा चिम्लेर प्रतिकृया जनाइरहेका  छौँ । यस्ता घटनाहरुका पछाडि महिला एक्लै दोषी हो , देखिरहेका छौँ । महिला माथि मात्र  प्रश्न उठाइरहेका  छौँ ।  महिला जन्मदै महिला भएर जन्म लिने होइन । एउटा  अबोध शिशु महिला  बनाइएझैँ ,  एउटी महिला चरित्रहिन बनाइन्छे , पापीनी बनाइन्छे,  कुमाता बनाइन्छे । हामीले बनाएका छौँ । हामी किन स्विकार गर्न सक्दैनौं ? यी सब बनाइनुका पछाडि हाम्रो हात पनि छ !  के यो शिशु यसरी छाडिनुमा हाम्रो कुनै भूमिका छैन  र  !  हाम्रो समाज , सामाजिक संरचना , कानुनी व्यवस्था सब जायज छन  त ?    थाहा छ ।  सामान्य पहिरनको आधारमा मर्यादा निर्धारण गरिने समाजमा उभिएर यसो सोच्नु मुर्खता ठहरिएला ! तर अबको समाजमा महिलाको मातृत्वको स्वतन्त्रता स्विकार्य गर्न जरुरी छ ।  कानुनी रुपमा मात्र होइन सामाजिक सोचलाई पनि फराकिलो पार्न अपरिहार्य छ । महिलालाई  आफ्नो इच्छाले प्रजननको अनुमति दिएर अविवाहित या एकल आमा र तिनका सन्तानलाई जायज  मान्ने हो भने यो (नाजायज ) शृङ्खला कम  हुन्थ्यो कि त ? #रेणुका जि सी को बल्ग बाट  
सपना कडेल बिमा अनिवार्य बचत गर्न सिकाउने कला हो साथै जोखिम बहन गर्ने सुख दुख को बिश्वासिलो साथी पनि । जीवन बिमा खुत्रुके बचत बाट पनि गर्न सकिन्छ ।बजार बाट सामान खरिद गरेर फिर्ता आएको सानो सानो रकम नै...
फणि महत  /// एकसाता अघि चन्द्रनिगाहपुरमा कोरोना फैलियो भनेर सामाजीक संजालमा चर्चा चल्यो । मानिसको भेटघाटमा गाइगुइ हुन थाल्यो । जो व्यक्ति लाइ कोराना लाग्यो भन्ने हल्ला थियो उनी नजिकका साथीहरुमा त्रास बढ्यो । के गर्ने, कसो गर्ने त्रास...
राकेश यादव/ रौतहट, २२ जेठ/ आज एकैदिन रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ३८३ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । जिल्लाको १८...
आलोक कुमार सिंह // कोरोना भाइरस रोग चीनको बुहान शहर स्थित जनावर बजारबाट उत्पति भएको अहिले सम्मको सोधले जनाउँदैछ  तर अर्को तप्का अनुसार यस रोगको उत्पति बुहान शहर स्थित भाइरस ल्याबबाट भइ विश्व भर फैलिसकेको बुझार्इ छ । विश्व...
रौतहट १५ जेठ । रौतहटमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ् । धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।...

ताजा अपडेट

बिभिन्न १२ अधिकृत सहीत चन्द्रपुरका डिएसपी शाही पुरस्कृत

रौतहट १० बैसाख // प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश २ का बिभिन्न प्रहरी युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृतहरु लाइ पुरस्कृत गरेको छ । सुम्पिएको जिम्मेवारी...

छुटाउनु भयो कि?