Sunday, February 2, 2025

संकल्प साकोसको दोस्रो त्रैमासिक समीक्षा तथा विस्तारित मञ्च सम्पन्न

पछिल्लाे समाचार

रौतहट २०,माघ – संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो त्रैमासिक समीक्षा तथा विस्तारित मञ्च आज शनिबार चन्द्रनिगाहपुरको होटेल ए.एन प्लाजामा सम्पन्न भएको छ। बैठक संस्थाका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा संस्थाले सञ्चालन गरेका आर्थिक कारोबार, ऋण प्रवाह, बचत संकलन, लगानीका विविध पक्षहरूमाथि विस्तृत समीक्षा गरिएको थियो। साथै, सहकारीको पारदर्शिता, आर्थिक अवस्था सुदृढीकरण, सदस्यहरूको सहभागिता वृद्धि र भविष्यका रणनीतिक योजनाबारे गहन छलफल गरिएको थियो।

संस्थाका व्यवस्थापक हरि तिमल्सिनाले हालसम्मका आर्थिक गतिविधिहरू, वित्तीय स्थायित्व, कर्जा व्यवस्थापन, बचत योजनाहरू तथा संस्थाले सामना गरिरहेका अवसर र चुनौतीहरूको बारेमा प्रस्ट पार्नुभएको थियो। उहाँले सहकारीको दिगो विकासका लागि प्रभावकारी नीतिहरू आवश्यक रहेको बताउँदै, पारदर्शिता र संस्थागत सुदृढीकरणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।

उक्त समीक्षात्मक बैठकमा संस्थाका वर्तमान सञ्चालक समिति, पूर्व सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा करिब ५० जना सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा सहभागीहरूबीच सहकारीको भविष्य, सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा आर्थिक सुधारका उपायहरूबारे गहन छलफल भएको थियो।

कार्यक्रममा सहभागी सिताराम पौडेलका अनुसार बैठकमा सहभागी सदस्यहरूले सहकारीलाई अझ मजबुत र पारदर्शी बनाउन सुझाव दिएका थिए। साथै, संस्थाको स्थायित्व र प्रभावकारी सेवा प्रवाहका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको थियो।

बैठकले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन पहल गर्ने निष्कर्ष निकाल्दै, आगामी दिनमा थप सुधारात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु