Thursday, January 16, 2025

सहकारी विकास र सामाजिक उत्तरदायित्वमा संकल्प साकोसको उदाहरणीय योगदान

पछिल्लाे समाचार

मुकेश कुमार साह,चन्द्रपुर २१ पुस । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा तीनदिने विविध कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले १९ गते संकल्प र बैकर्सबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो भने २० गते मानव सेवा आश्रम, सर्लाहीमा विहानी भोजन प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्‍यो ।

स्थापना दिवसका अवसरमा आज संस्थामा आबद्ध ६० जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुका साथै सहकारी र समाजमा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ । आजको कार्यक्रमका प्रमुख अतिथी रहनु भएका चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सहकारी क्षेत्रको विकासमा संकल्प साकोसको योगदान प्रशंसनीय रहेको भन्दै अन्य सहकारीहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
नगर प्रमुख काफ्लेले सहकारी संस्थाहरूले वित्तीय पारदर्शिता, बचतकर्ताको सुरक्षा र सामाजिक उत्तरदायित्वप्रति विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । “सहकारी संस्थाहरूबीच समन्वय र नियमित छलफलको माध्यमबाट मात्र सहकारी क्षेत्रको दीगो विकास सम्भव छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सहकारीको वित्तीय पारदर्शिता र सदस्यहरूको सशक्तिकरणप्रति प्रतिबद्ध रहेको बताउनुभयो। संस्थाका उपाध्यक्ष केबी थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव चिरञ्जीवी गौतमले सञ्चालन गर्नुभएको थियो।


कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेल, महासचिव देवबहादुर सापकोटा, चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलम, नवविकास बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्र तिवारी, चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्यलगायत बिभिन्न सहकारी संस्थाका प्रतिनिधि, स्थानीय अगुवा, र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु