Wednesday, January 15, 2025

लुम्बिनी विकास बैंकद्वारा छात्राहरूको स्वास्थ्यका लागि उपकरण सहयोग

पछिल्लाे समाचार

रौतहट २९,पुस । लुम्बिनी विकास बैंक लिमिटेड, गौर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लाको राजपुर नगरपालिका, बैरियामा अवस्थित जामिया जुबैरिया गर्ल्स स्कूललाई सहयोग प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्ययनरत करिब ६०० छात्राहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सेनिटरी प्याड भेन्डिङ मेसिन र सेनिटरी प्याड डिस्पोज मेसिन सहयोगस्वरूप हस्तान्तरण गरेको हो।

बैंकले विद्यालयको वार्षिकोत्सवको अवसर पारेर यो सहयोग हस्तान्तरण गरेको थियो। कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रियाजुल हकलाई उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक, समाजका बौद्धिक व्यक्तित्व, अभिभावक, शिक्षक-शिक्षिका, छात्राहरू, तथा बैंकका सहायक शाखा प्रमुख प्रविण कुमार सिंहको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रियाजुल हकले बैंकले विद्यालयको आग्रहलाई सहर्ष स्वीकार गर्दै सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो। प्रधानाध्यापकले छात्राहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने यो कामले महिनावारीको समयमा छात्राहरूको अनुपस्थितिमा कमी आउने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद दिनुभयो।

त्यस अवसरमा बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले बैंकले आर्थिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका सातै प्रदेशमा फैलिएका ८९ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु