Thursday, January 16, 2025

चन्द्रपुरमा नापतौल शिविर जारी

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट २४ पौष – व्यवसायीहरूको नापतौलसम्बन्धी समस्या समाधान गर्न चन्द्रपुर नगर उद्योग बाणिज्य संघको समन्वयमा गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जद्वारा सञ्चालित सप्ताहव्यापी नापतौल शिविर जारी छ।

शिविर गएको पौष २१ गते आइतवारदेखि सुरु भएको हो । हालसम्म सुनचाँदी व्यवसायी र चन्द्रपुर चोकका व्यवसायीहरूले सेवा लिइसकेका छन् । आज पौष २४ गते शिविर सन्तपुर र बसन्तपुर क्षेत्रका व्यवसायीहरूको लागि सन्तपुरमा बद्री खरेलको पसल अगाडि सञ्चालन हुँदैछ।

भोलि पौष २५ गते डूमारिया र बालचनपुर क्षेत्रका व्यवसायीहरूको लागि बालचनपुर चोकमा उमेश साहको पसल अगाडि शिविर सञ्चालन हुनेछ। त्यसैगरी, पौष २६ गते बागमती पौराई क्षेत्रका व्यवसायीहरूको लागि बागमती बजारमा शिविर सञ्चालन हुने आयोजकले जानकारी गराएको छ।

शिविरले ढक, तराजु, लिटर, मीटरलगायतका उपकरणहरूको जाँच, दर्ता, र नवीकरण सेवा प्रदान गरिरहेको छ। चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय सापकोटा (सुरेन)ले व्यवसायीहरूलाई शिविरमा उपस्थित भएर सेवा लिन आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु