मुकेश कुमार साह,रौतहट ९ माघ । चिसोको चपेटामा परेका गरुडा नगरपालिका क्षेत्रका नागरिकहरूको सहयोगार्थ नगरपालिकाले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ।
आज वडा नं. २ स्थित श्री मा.वि. गेडही गुठ्ठीमा १५० वटा सिरक वितरण गर्दै राहत कार्यक्रमको दोस्रो चरण सम्पन्न गरियो। यसअघि वडा नं. ४ रामजानकी मठमा चिसो पीडित स्थानीयलाई कम्बल र मण्डी वितरण गरिएको थियो ।
नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले चिसोका कारण समस्यामा परेका नागरिकहरूको पीडा कम गर्न नगरपालिकाले सकेसम्मका सबै प्रयास गरिरहेको बताए। “जनताको सेवा गर्नु हाम्रो प्राथमिक कर्तव्य हो। राहत वितरण कार्यक्रमले प्रभावित व्यक्तिहरूको जीवनमा केही राहत मिल्नेछ भन्ने विश्वास लिएका छौं,” उनले भने।
राहत वितरण कार्यमा नगरप्रमुख जयसवालकी पत्नीको पनि विशेष सक्रियता रहेको जनाइएको छ। जयसवालका अनुसार उनको साथ र समर्थनले अभियानलाई थप प्रेरणा र ऊर्जा प्रदान गरेको छ ।
मधेश प्रदेश सरकार, गृह मन्त्रालय, नेपाली सेना, र अन्य सहकार्य गर्ने पक्षहरूलाई धन्यवाद दिँदै जयसवालले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। गरुडा नगरपालिकाले चिसोबाट प्रभावित नागरिकहरूको हितका लागि आगामी दिनमा पनि यस्तै सहयोगी कार्यहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।