मुकेश कुमार साह,रौतहट १० माघ – लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपाल र रौतहटका लायन्स क्लबहरूको सहयोगमा गढिमाई नगरपालिकाको हरैया तथा समनपुरमा १५० भन्दा बढी अति आवश्यक गरिव परिवारलाई सिरक वितरण गरिएको छ।
केही दिनदेखि बढ्दै गएको चिसोलाई ध्यानमा राख्दै गरिव र विपन्न परिवारलाई राहत दिने उदेश्यले सिरक वितरण गरिएको हो ।
कार्यक्रममा जोन चेयरपर्सन सेख अजराहुद्दिनले यस्तो सहयोगका कार्यक्रमहरूको महत्त्व उल्लेख गर्दै भने, “हामी लायन्स इन्टरनेशनलका सदस्यहरू समाजमा सकारात्मक प्रभाव पार्नका लागि यो प्रकारका राहत कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जानेछौं।”
यो कार्यक्रमले गरिव परिवारलाई राहत पुर्याएको छ र स्थानिय समुदायमा सकारात्मक प्रभाव छोडेको छ।
लाइन्सले यसअघि गुजराका पछाडि परेका डोम समुदाय, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रहेका धुनुवाहरूलाई सिरक वितरण गरिएको थियो ।
यसका साथै, लायन्स क्लबले रौतहटका अन्य स्थानहरूमा पनि यस किसिमका राहत कार्यक्रमहरू निरन्तरता दिइरहेको छ ।
लायन्स क्लबले भविष्यमा पनि यस्ता सहयोग कार्यक्रमलाई थप विस्तार गर्ने तयारी गरेको बताइएको छ ।