Thursday, January 23, 2025

बाल निकेतन माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १० माघ । बाल निकेतन माध्यमिक बिद्यालय चन्द्रनिगाहपुरको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु भएको छ । ७०औं शहिद दिबसको अबसरमा आयोजना गरिएको २०औं सप्ताह ब्यापी खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका पूर्व प्रदेश सांसद धनलाल ठोकरले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सांसद धनलाल ठोकरले खेलकुदलाई विद्यार्थीको समग्र विकासका लागि अपरिहार्य तत्वको रूपमा उल्लेख गरे। उनले खेलकुदले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा पनि ठूलो योगदान पुर्‍याउने बताउँदै विद्यार्थीलाई अधिकतम खेल गतिविधिमा संलग्न गराउनु पर्नेमा जोड दिए। “खेलकुदले अनुशासन, आत्मविश्वास र सहकार्य जस्ता गुणहरू सिकाउन मद्दत पुर्‍याउँछ,” उनले थपे।
कार्यक्रममा विद्यालयका निर्देशक तथा प्याब्सन मधेस प्रदेशका अध्यक्ष दीपक रेग्मीले विद्यालयले सधैं अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष ध्यान दिएको बताए। “हामी विद्यालयका विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा समर्पित छौं र आगामी दिनहरूमा यसलाई अझ परिष्कृत गर्ने प्रयास गर्नेछौं,” रेग्मीले भने।

रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले यस्ता प्रतियोगिताले विद्यालयका विद्यार्थीलाइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नको लागि तयार पार्ने विश्वास व्यक्त गरे। “विद्यालय स्तरमा भएको यस प्रकारको खेलकुदले भविष्यका खेलाडीहरूको निर्माण गर्न मद्दत गर्नेछ,” उनले बताए।

चन्द्रपुर हस्पिटल प्रालिका सञ्चालक डा. सुभाष चौधरीले खेलकुदका फाइदाहरूको चर्चा गर्दै भने, “खेलकुद केवल शारीरिक क्षमता बढाउने मात्र नभई मानसिक दृढता र सामाजिक एकता पनि बढाउँछ। यसले विद्यार्थीलाइ स्वस्थ शरीर र सक्रिय मस्तिष्कको महत्व सिकाउँछ।”

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले खेलकुदले अनुशासन र सही मार्गमा अगाडि बढ्ने प्रेरणा दिनसक्ने धारणा राखे। “यस्ता कार्यक्रमहरूले युवापुस्तालाई अनुशासित र जिम्मेवार बनाउनेमा ठूलो योगदान पुर्‍याउँछ,” उनले भने।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर लोकबहादुर अधिकारीले ट्राफिक नियमको पालना र सुरक्षा बारेमा सचेतना फैलाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताए। “खेलकुदले विद्यार्थीलाई न केवल खेलकुदमा, तर समाजमा सही र सकारात्मक गतिविधिमा सहभागी हुन पनि प्रेरित गर्दछ,” उनले भने।

स्कुलका कोर्डिनेटर बिजय उप्रेतीले संचालन गरेको कार्यक्रममा सञ्चारकर्मी बालविक्रम कार्की,लाईन्स क्लवका प्रतोनिधी गणेश साह, विद्यालयका शिक्षक-शिक्षिकासहित विभिन्न क्षेत्रका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु