Wednesday, January 22, 2025

जिल्ला प्याब्सन रौतहटको बैठक सम्पन्न, नवगठित जिल्ला कमिटीलाई पूर्णता प्रदान

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट ७ माघ – जिल्ला प्याब्सन रौतहटको अध्यक्ष ऋषिकेश चिमोरियाको अध्यक्षतामा मंगलबार बैठक सम्पन्न भएको छ । न्यु झरना सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा नवगठित जिल्ला कमिटीलाई पूर्णता दिँदै वर्तमान कमिटीले निवर्तमान अध्यक्षलाई सम्मानपत्र प्रदान गरेको छ।
कार्यक्रममा प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको छनोट लगायतका विविध विषयमा छलफल गरिएको थियो। अध्यक्ष ऋषिकेश चिमोरियाले सम्पूर्ण निजी संस्थागत विद्यालयहरूलाई संगठित गर्दै शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालयहरूको भौतिक पूर्वाधारमा लगानी गर्दै शिक्षक-शिक्षिकालाई रेटिङ प्रणालीमा ल्याई देशभर प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो। साथै, बालबालिकाका लागि बाल क्लब गठन गरी दण्डहीनताको अन्त्य र व्यवहारिक शिक्षाको प्रवर्द्धन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रमका विशेष अतिथिहरूमा प्याब्सन केन्द्रीय सचिव के.वि. थापा, मधेस प्रदेश अध्यक्ष दीपक रेग्मी, केन्द्रीय सदस्य शंकरप्रसाद शाह, र प्रमुख सल्लाहकार वीरेन्द्र ठाकुर रहनुभएको थियो। सल्लाहकारहरू नारायण कार्की र उमेश बास्कोटाले पनि कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन जिल्ला कमिटी सचिव अर्जुनकुमार श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य लोकबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
बैठकले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै स्थानीय स्तरबाट प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न नयाँ कदमहरू अघि बढाउने निर्णय गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु