Tuesday, January 21, 2025

चन्द्रोदय साकोसको प्रमुख प्रबन्धकमा कृष्ण लाल थापा नियुक्त

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ०७ माघ । मधेश प्रदेशकै अग्रणी बचत तथा ऋण सहकारी संस्था चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख प्रबन्धक पदमा कृष्ण लाल थापा नियुक्त भएका छन्। संस्थाले केही समयअघि यो पदका लागि खुला विज्ञापनमार्फत आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूमध्ये थापालाई योग्य ठहर गर्दै प्रमुख प्रबन्धकमा नियुक्त गरिएको हो।

बसन्त आचार्यको अध्यक्षतामा सञ्चालित यो सहकारीले विगतदेखि नै सदस्यहरूको आर्थिक विकासका लागि उत्कृष्ट काम गर्दै आइरहेको छ। संस्थाले पारदर्शिता, विश्वास र वित्तीय अनुशासनका साथ सेवा प्रदान गर्दै मधेश प्रदेशमै उदाहरणीय सहकारीका रूपमा पहिचान बनाएको छ।

कृष्ण लाल थापा सहकारी तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व हुन्। उनी यसअघि कामना विकास बैंक लिमिटेडमा म्यानेजरका रूपमा लामो समय काम गरिसकेका छन्। थापाको यस अनुभव र व्यवस्थापकीय क्षमताले चन्द्रोदय बचत तथा ऋण सहकारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

संस्थाका अध्यक्ष बसन्त आचार्यले थापाको अनुभव, इमानदारी र प्रतिबद्धताले सहकारीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। सहकारीका सदस्यहरूलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले थापालाई नियुक्त गरिएको उनले बताए।

चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा थप सेवा विस्तार गर्दै सदस्यहरूको विश्वासलाई बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। नयाँ नेतृत्वसँगै संस्थाले सहकारी अभियानलाई अझ सबल बनाउँदै अगाडि बढ्ने अपेक्षा गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु