रौतहट १६,माघ – सहिदहरूको बलिदानलाई सम्मान गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रौतहटले चन्द्रपुर चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । सहिद दिवसको अवसर पारेर अनेरास्ववियु रौतहटले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेताहरूले सहिदहरूले देखाएको मार्ग अनुकरण गर्दै राष्ट्र, लोकतन्त्र, र समाजवादको रक्षाका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा मधेश प्रदेशकी उपसचिव आरती भण्डारी, नेकपा एमाले चन्द्रपुर नगर संयोजक शिव आचार्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले सहिदहरूको योगदानको उच्च मूल्यांकन गर्दै विद्यार्थी तथा युवाहरूलाई सामाजिक रूपान्तरणको अग्रपंक्तिमा रहन प्रेरित गरे।
अनेरास्ववियु रौतहटका जिल्ला संयोजक करण देवकोटाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा सहिदहरूको स्मरण गर्दै युवाहरूलाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आह्वान गरिएको थियो । संयोजक देवकोटाले सहिदहरूले देखाएको बाटो पछ्याउँदै न्यायसंगत समाज निर्माणका लागि अनेरास्ववियु प्रतिबद्ध रहेको बताए।
दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले राष्ट्र निर्माणमा सहिदहरूको योगदान कहिल्यै नबिर्सने संकल्प व्यक्त गर्दै देश, जनता र लोकतन्त्रको रक्षामा क्रियाशील रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा विद्यार्थी, स्थानीयबासी तथा पार्टी कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।