Thursday, January 16, 2025

रौतहटमा जंगली हात्तीको आतङ्क, प्रभु साहद्वारा सरकारलाई ध्यानाकर्षण

पछिल्लाे समाचार

रौतहट २३,पुस । रौतहटको भैसही र गुजरा क्षेत्रका बासिन्दाहरू जंगली हात्तीको लगातारको आतङ्कले भयभित भएका छन्। झण्डै १५ दिनदेखि जंगली हात्तीले गाउँबस्तीमा पसेर घर तोडफोड गर्नुका साथै खेतबारीमा लगाइएको बालीनालीमा गम्भीर क्षति पुर्‍याएको छ। यस कारण बासिन्दाहरू दिनरात त्रासमा बाँच्न बाध्य भएका छन्।
यस घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री एवं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपाल सरकार र सम्बन्धित निकायको लापरबाहीप्रति आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले जंगली हात्तीको आतङ्कले जनताको जनजीवनमा पारेको असरप्रति सरकारको बेवास्ता दुःखद रहेको भन्दै तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्नुभएको छ।
“जंगली हात्तीको कारण स्थानीय जनताको दैनिकी अस्तव्यस्त बनेको छ। घरबार, बालीनाली र जनताको सुरक्षामा परेको असरप्रति सरकार गम्भीर देखिएको छैन, जुन अत्यन्तै खेदजनक हो,” साहले भन्नुभयो। साथै, उहाँले प्रभावित जनतालाई राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधान खोज्न सरकारलाई विशेष ध्यानाकर्षण गराउनुभएको छ।
यस घटनाबाट पीडित स्थानीय बासिन्दाहरूले पनि राज्यको उपेक्षाप्रति गुनासो गर्दै शिघ्र सुरक्षा र राहतको माग गरेका छन्। जंगली हात्तीको आतङ्कले क्षेत्रका कृषकहरूको बालीनाली पूर्ण रूपमा नष्ट भएको छ भने जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु