मुकेश कुमार साह,रौतहट २२ पुस । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ७ स्थित बमहर चौकमा तस्करी गरी ल्याउँदै गरेका कपडा र चिनी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यलय तथा मातहतका चौकी टोलीले नियमित सवारी साधन र पैदल यात्रुहरूको चेकजाँचको क्रममा भन्सार छली चोरी गरी ल्याउँदै गरेको ठूलो परिमाणको चिनी र कपडा बरामद गरेको हो।
प्रहरीका अनुसार अटो रिक्सा (नं. ४. प. ४०८) बाट बरामद सामानमा करीब तीन लाख ३७ हजार पाँच सय रुपियाँ बराबरको चिनी र कपडा रहेका छन्। बरामद गरिएको चिनी र कपडाको मूल्य एक लाख ३७ हजार पाँच सय रुपियाँ रहेको बताइएको छ भने अटो रिक्साको २ लाख रहेको छ ।
बरामद सामग्री नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।