रौतहट २३,पुस : तराई मधेस सहित देशैभरी जाडो बढ्ने क्रममा छ । जाडोबाट बच्नको लागि आम मानिसले विभिन्न उपायहरु अपनाउन थालेका छन् । यतिखेर जाडोको कपडा किन्नको लागि चन्द्रपुर आसपासका कपडा पसलहरुमा मान्छेको भिड देखिन्छ ।
चन्द्रपुरमा रहेको चन्द्रपुर स्पोर्ट्स हाउसका संचालक दिपेन्द्र कार्कीका अनुसार यो समयको चिसोले न्यानो कपडा, ज्याकेट, स्वेटर र अन्य जाडोको सामानहरूको माग अत्यधिक बढेको छ ।
स्पोर्ट्स हाउसले ग्राहकहरूको आवश्यकता पूरा गर्न विभिन्न ब्रान्डका गुणस्तरीय न्यानो कपडाहरू उपलब्ध गराएको उनको भनाई छ । बिहानदेखि साँझसम्म यहाँ ग्राहकहरूको भिड लाग्ने गरेको छ। ग्राहकहरूको विश्वास र चिसो मौसमले व्यापारमा उत्साह थपेको कार्कीको कथन छ । स्थानीय बासिन्दाले गुणस्तरीय कपडा खरिद गर्न यही पसललाई प्राथमिकता दिइरहेका छन्। ग्राहकहरूले उपलब्ध सामानहरूको प्रशंसा गर्दै उचित मूल्य र गुणस्तरको कारण पसलमा बारम्बार आउने गरेको बताएका छन् । जाडो महिनामा शरीरलाई न्यानो राख्न न्यानो कपडा, मोजा, टोपी, र पन्जा सहित तातो झोलियो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन ।