मुकेश कुमार साह,रौतहट २३ पुस । गुजरा नगरपालिका वडा नं. २ मैढामा पिसीसी सडक ढलान कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
नगरपालिकाको २०८१/८२ काे बजेटबाट विनियोजित रकमको प्रयोग गर्दै मैढा देखि पूर्व ब्रहम टोल जोड्ने बाटोको ढलान कार्य तिव्र गतिमा अगाडी बढिरहेको हो ।
स्थानीय आवश्यकता र दीर्घकालीन लाभलाई ध्यानमा राखी सुरु गरिएको यो निर्माण कार्यले स्थानियको आवतजावतमा थप सहज बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ ।
स्थानीय स्तरमा विकासका योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न वडाध्यक्ष अशोक चौधरीको नेतृत्वमा निर्माण कार्य भइरहेको छ । उनका अनुसार, “सडक निर्माणले स्थानीय बासिन्दाको यात्रा सहज र समय बचत गर्न मद्दत गर्नेछ, साथै विकासका अन्य गतिविधिहरूलाई पनि सुदृढ बनाउनेछ। नगरपालिकाले यसलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढाएको छ।”
स्थानीय बासिन्दाहरूले पनि सडक निर्माणको कामलाई स्वागत गर्दै यसले यात्रा गर्दा हुने कठिनाइलाई कम गर्ने आशा व्यक्त गरेका छन् ।