रौतहट ०८१ पुस ८ गते । नेपाल मानब अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा पुष ७ गते गरुडा नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। समिक्षामा रौतहट जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा इन्सेकले अभिलेख गरेका मानब अधिकार उलंघनका घटनाहरु जम्मा ५६५ वटा सार्बजनिक गरिएको थियो।
बाल अधिकार अन्तर्गत बलात्कार र यौन दुर्ब्यबहार, महिला अधिकार अन्तर्गत बैबाहिक बलात्कार , बलात्कार र यौन दुर्ब्यबहारका घटनाहरु जातिय छुवाछूत , बोक्सिको आरोप, कुटपिट , अमानबिय ब्यबहार, गोलि प्रहार ,परिवारजनबाट हत्या , अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुस्साहन पत्रकार माथि कुटपिट तथा दुर्ब्यबहार गरि जम्मा ५६५ घटनाहरु प्रस्तुत गरिएको थियो।
इन्सेक रौतहट र गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम आबस्यक रहेको बताउनुभयो । ईलाका प्रहरी कार्यालयका डिएसपी राजन कार्कीले मानब अधिकार उलंघनका घटनाहरुको न्यूनीकरण गर्नको लागि सचेतनामुलक कार्यक्रम मात्र नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन हुनु पर्नेमा जोड दिनुभयो । आर डि सि नेपालका प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ – आफ्नो स्थानबाट सचेतनामुलक कार्यक्रम र सडक नाटक गर्न सकिने बताउनुभयो ।इलाका प्रशासन कार्यालयका प्रमुख रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
गरुडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीले नागरिक त् राजनैतिक अधिकार सगै सामाजिक , सास्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई पनि यस पुस्तकले महत्त्वपूर्ण स्थान दिनेछ भन्ने भनाइ राख्नु भएको थियो।
कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ प्रमुख, उद्योग बाणिज्य संघ र नागरिक समाज र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।