Wednesday, January 22, 2025

नेपाल  मानब अधिकार  बर्ष पुस्तक  २०२५  प्रकाशन पुर्व बार्षिक समिक्षा  कार्यक्रम सम्पन्न 

पछिल्लाे समाचार

रौतहट  ०८१ पुस ८ गते । नेपाल  मानब अधिकार बर्ष पुस्तक  २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा  पुष  ७ गते गरुडा नगरपालिकाको सभा हलमा  सम्पन्न भएको छ। समिक्षामा रौतहट  जिल्लामा  २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको  अबधिमा इन्सेकले अभिलेख गरेका मानब अधिकार उलंघनका  घटनाहरु जम्मा  ५६५ वटा   सार्बजनिक  गरिएको थियो।

 बाल अधिकार अन्तर्गत बलात्कार  र यौन  दुर्ब्यबहार, महिला  अधिकार अन्तर्गत  बैबाहिक बलात्कार , बलात्कार र यौन  दुर्ब्यबहारका  घटनाहरु जातिय छुवाछूत , बोक्सिको आरोप, कुटपिट , अमानबिय ब्यबहार, गोलि प्रहार ,परिवारजनबाट हत्या , अपहरण  तथा  शरीर  बन्धक गरि बलात्कार  घरेलु हिंसा  आत्महत्या  दुरुस्साहन पत्रकार माथि कुटपिट  तथा  दुर्ब्यबहार  गरि जम्मा ५६५ घटनाहरु प्रस्तुत गरिएको थियो।

इन्सेक रौतहट  र  गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा  कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम   आबस्यक रहेको  बताउनुभयो । ईलाका  प्रहरी  कार्यालयका डिएसपी  राजन कार्कीले मानब अधिकार उलंघनका घटनाहरुको न्यूनीकरण  गर्नको लागि सचेतनामुलक कार्यक्रम मात्र  नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन  हुनु पर्नेमा जोड  दिनुभयो । आर  डि सि  नेपालका  प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना  हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ – आफ्नो स्थानबाट  सचेतनामुलक कार्यक्रम र  सडक  नाटक  गर्न सकिने  बताउनुभयो ।इलाका प्रशासन  कार्यालयका प्रमुख  रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना  अभिलेखिकरणमा महत्त्वपूर्ण  भुमिका खेलेको बताउनुभयो ।

गरुडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीले  नागरिक त् राजनैतिक  अधिकार सगै सामाजिक  , सास्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई पनि यस पुस्तकले महत्त्वपूर्ण  स्थान दिनेछ  भन्ने भनाइ राख्नु भएको थियो।

कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ  प्रमुख, उद्योग  बाणिज्य  संघ  र नागरिक  समाज र सरोकारवालाहरुको उपस्थिति  रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु