Wednesday, January 22, 2025

जनज्योति मावीका बिद्यार्थीलाई लागूऔषध सम्बन्धी सचेतनामुलक तालिम

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ०४ पुस । लागू औषध तथा मानसिक स्वास्थ्य सम्बन्धी एक दिने तालिम जनज्योती नमुना माध्यमिक बिद्यालय चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । संकल्प नेपाल रौतहटको आयोजनामा सञ्चालन भएको कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं ६ को सहयोगमा भएको हो ।
कार्यक्रममा माध्यमिक तहका २५० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लागू औषध सम्बन्धी प्रशिक्षण इलाका प्रहरी कार्यालयका इन्सपेक्टर साजन शर्माले दिएका थिए ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई लागू औषध तथा दुव्र्यसनी के हो यसको कुलतमा पर्दा घर परिवार र समाजमा कसरी अपहेलित हुनुपर्दछ र आफ्नो जिन्दगी नै आफैंलाई कसरी बोझ हुन्छ भन्ने कुराको साथै यसको लतबाट छुटकारा कसरी पाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण बिद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सहदेव केसीले लागू औषध तथा दुव्र्यसनमा बिद्यालयस्तरबाट कुनै न कुनै रुपमा बिद्यार्थीहरु फस्ने भएकोले बिद्यालयस्तरमा यो कार्यक्रम सञ्चालन गरेको बताए । विद्यार्थीहरूलाई लागुऔषध तथा कुलतका बारेमा जानकारी गराई सभ्य समाजको निर्माणका निम्ति यस कार्यक्रमले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । जनज्योती मा.वि.का प्रधानाध्यपक देवनारायण हुमागाईले बिद्यालयस्तरमा सामाजिक चेतनाका कार्यक्रमहरु अत्यावश्यक रहेको बताउदै लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेतनामुलक यस कार्यक्रमले धेरै कुराको ज्ञान दिएकोले आगामी दिनहरुमा अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालनका लागि अनुरोध समेत गरे ।

कार्यक्रममा सहभागी बिद्यार्थी भाइबहिनीहरुलाई कार्यक्रमबाट लागू औषध भन्ने शब्दले आफ्नै हानी पुर्याउने हुदा लागू औषधको कुलतमा फस्नु नै लागू औषध प्रयोग गर्नु हो भन्ने कुरा गहन रुपमा बुझ्न सल्लाह सुझाव दिए । उज्वल भविष्य फाउन्डेसन सखुआवा धमौराका सञ्चालक अर्जुन बानियाले आफू पनि पहिला कुलतमा फसेको र दुव्र्यसनीबाट छुटकाराका पाउनको लागि पुर्नस्थापना केन्द्रमा पुगेको कहानी देखी आफै संचालक भएको बृतान्त स्टोरी बताए । उनको यो स्टोरी लागू पदार्थ दुव्र्यसनी बिरुद्धको उदाहरण मात्र नभएर युवाहरुका लागि गतिलो पाठ र चेतनामुलक शिक्षा रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु