Tuesday, January 21, 2025

बिद्यार्थीले खाजा नखाएको रकम मेयर,हाकिम र प्रधानाध्यापक मिलेर खाएको आरोप

पछिल्लाे समाचार

३ आश्विन, रौतहट । जिल्लाको वृन्दावन नगरपालिकाका मेयरदेखि हाकिमसम्मले विद्यार्थीको दिवा खाजाको रकम भुक्तानीमा घुस लिएको तथ्य फेला परेको छ ।
राज्यले प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजाको रकम उपलब्ध गराउँदै आएको छ । सोही रकम एकमुष्ट एक वर्षमा निकासा गर्ने क्रममा हरेक विद्यालयसँग वृन्दावन नगरपालिकाका मेयरदेखि हाकिमसम्मले कमिसन लिएर मात्र भुक्तानी दिने गरेको आरोप छ ।
लक्ष्मीनाथ वासुदेव प्राथमिक विद्यालय वृन्दावन २, धनगढीका प्रधानाध्यापक रम्बुप्रसाद यादवले उक्त कुरा बाहिर ल्याएका छन् । विद्यार्थीहरूले खाएको दिवा खाजाको पैसा निकासा गर्ने बेलामा विद्यालयका प्रधानाध्यापक यादवसँग वृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मी र प्रमुख कार्यकारी अधिकृत खिमबहादुर भुजेललाई दिनुपर्ने जनाउँदै नगरपालिकाका शिक्षा शाखा प्रमुख उपेन्द्र महतो मार्फत् पाँच लाख कमिसन दिइएको प्रधानाध्यापक यादवले उल्लेख गरेका हुन् ।
विद्यालयले एक वर्षसम्म विद्यार्थीलाई दिवा खाजा खुवाएको १० लाखको बिल नगरपालिकामा पुगेको थियो । सोही १० रकमबाट पाँच लाख आफूले शिक्षा शाखा प्रमुख मार्फत् नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई दिएको उनले बताएका हुन् । विद्यालयको खातामा दिवा खाजा वापतको १० लाख रुपैयाँ जम्मा हुनुपर्नेमा आधा मात्र जम्मा भएपछि त्यसबारे बुझ्न विद्यालय पुगेका वडाध्यक्ष सिकेन्द्र पटेललाई प्रधानाध्यापक यादवले वास्तविकता खुलाएका हुन् ।
प्रधानाध्यापक यादवले वडाध्यक्षसँग कुराकानी गर्दै मेयर, प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुखलाई १० लाखमध्ये पाँच लाख रुपैयाँ कमिसन दिएको भनिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । वृन्दावन नगरपालिकामा २० वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयले वर्षमा मुश्किलले तीन महिना दिवा खाजा खुवाउने गरेको बताइन्छ । वडा नम्बर २ का वडाध्यक्ष सीकेन्द्र पटेलका अनुसार बाँकी नौ महिनाको रकम भागबण्डा लगाउने गरेका हुन् ।
यतिखेर वृन्दावन नगरपालिकामा जुन कामको लागि पनि कमिसन दिनुपर्ने बाध्यता आइपरेको पटेल बताउँछन् । कुर्मी प्रमुखमा निर्वाचित भएयता नगरपालिका चर्को विवादमा आउन थालेको हो । प्रमुख कार्यकारी अधिकृत खिमलाल भुजेलले सो नगरपालिकामा भएको आफ्नो सरुवा रोक्न अनेक खेलोफड्को गरेकोसमेत चर्चा छ । वृन्दावनमा अन्यत्रभन्दा आम्दानी धेरै हुने भएकाले प्रमुख कार्यकारी सरुवा रोक्न अग्रसर भएको नेकपा माओवादीका मेयर प्रत्यासी रामप्रसाद पटेलको दाबी छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु