रौतहट २८ साउन ।
आगलागीको घटनामा ३८ को मृत्यु, एक बेपत्ता, करोडौंको क्षति भएको छ ।
रौतहट स्थित बिपदको घटनामा परेर १ बर्षमा ३८ जना मानिसको मृत्यु १ बेपत्ता ५० बढी घाईते हुनुका साथै करोडौको क्षती भएको छ।
गत आर्थिक बर्ष २०८०/०८१ मा बिपद जन्य घटनामा परेर ३८ जनाको ज्यान गुमाएका छन ।
पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाईते भएका थिए।
आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाईते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड, ४१ लाख, १२ हजार, २३२ रुपैयाँ बराबरको क्षती भएको प्रहरीको तथ्याडकमा उल्लेख गरिएको छ।
त्यसैगरी अबिरल बर्षा सगै १४ वटा बिभिन्न नदी खोलामा आएको बाहीमा परी २ जनाको मृत्यु १ बेपत्ता, ३३ घरमा प्रभाव पर्दा
१० लाख २५ हजार बराबरको क्षती भएको थियो। गत आर्थिक बर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाईते भएका थिए सोही अवधिमा घर पालुवा तथा जंगली
जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाईते भएको तथ्याकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाईते र सर्प दश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक बर्षमा कुल ३२५ वटा भएको बिपद जन्य घटनाबाट १२ करोड ५७ लाख ८९ हजार, ७३२ बराबरको क्षती, २ हजार ७२ परिवार प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् ।
उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।
गत आर्थीक बर्षमा जिल्ला बिपद व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतक लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप बितरण गरिएको सिडियो हिरालाल रेग्मीले दिएका छन ।