रौतहट, २८ साउन । सवारी ऐन उलंघन गर्ने ९ सय ४८ जना सवारी चाकल कारवाही मा परेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सोमवार जारी गरिएका प्रेस नोटमा, जिल्लाको विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा सवारी चालक अनुमती पत्र नलिएको, नविकरण नगराएको लगायत सवारी ऐन विपरित सवारीसाधन गुडाउने ९ सय ४८ जनालाई कारवाही गरिएका जनाएको छ ।
एकसातामा आठ लाख ३ हजार जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकि छिन ।