रौतहट २४,साउन । रौतहटको चन्द्रनिगाहपुरमा सूचनाको हक मा महिला र सिमान्तकृत समुदाय को दुई दिने क्षमता विकास तालिम सुरु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका स्थित होटल तराई ईन को सभा हलमा सामुदायिक सारथी को आयोजना र द एसिया फाउन्डेसन को सहयोग तथा समुदाय दलित विकास केन्द्रको समन्वयमा तालिम सुरु भएको हो । सूचनाको हकमा युवा, महिला र सिमान्तकृत समुदायको लागी दुई दिने क्षमता विकास तालिम सुरु भएको छ । आज देखि सुरु भाएको तालिममा रौतहटका सबै पालिकाबाट युवा महिला तथा सिमान्तकृत समुदाय का २५ जनाको सहभागिता रहेको छ।
तालिममा सामुदायिक सारकीका ताराबहादुर भण्डारी , डाक्टर श्रीराम पौडेले,अनिता गुरुङ र कर्ण नेपालीले प्रशिक्षण दिनु भएको थियो । तालिममा CDDC नेपालको अध्यक्ष सुवा साहेब पासवान,CDC नेपालको कार्यकारणी निर्देशक धर्मदेव पासवान लगायतको उपस्थिती रहेको छ । तालिम भोली सम्म चल्ने छ ।