रौतहट २३,साउन । प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग्ने एकजना पक्राउ परेका छन्। माधवनारायण न.पा. वडा नं.०१ का रमेश साहलाई सर्वसाधारणलाई धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले मंगलवार पक्राउ गरेको हो । नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हूँ भन्दै सर्वसाधरण सँग रकम असुल गर्न खोज्नुका साथै बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी समेत गर्दा गर्दै चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका इन्स्पेक्टर साजन शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमार्फत जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहारमा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ।