रौतहट, २८ साउन । जिल्ला अदालतबाट कैद जरिवाना भए पश्चात फरार रहेका १६ जना प्रतिवादीहरुलाई रौतहट प्रहरीले
पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा, रौतहट जिल्ला अदलातबाट विभिन्न मुद्दामा कैद जरिवाना भएका फरार रहेका १६ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरी फैसाला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवानाको लागि अदालतमा बुझाइएकाे छ
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।