रौतहट, ३० असार । गौर दाइजो मुक्त अभियानमा वडाध्यक्षले आफ्नो छोराको विहे मा दाइजो नलिने घोषणा गर्दै अभियानलाई पूर्ण रुपमा वडामा पालना गराउने प्रतिबद्धता जनाएका छन् ।
अल नेपाल मुस्लिम सोसाइटी र दाइजो मुक्त अभियान रौतहटद्धारा संयुक्त रुपमा शनिवार गौर को
पुरेनवामा आयोजित सम्मान कार्यक्रममा गौर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष जनार्दन साहले आफ्ने छोराको विहेवारी गर्दा दाइजो नलिने घोषणा गरेका छन ।
उक्त कार्यक्रममा वडाध्यक्ष साह सहित, नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालका वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने, लायन सत्येन्द्र पाण्डे, कर्मचारी धनन्जयकुमार सिंह, पर्मात्मा नेपाल, ओमप्रकाश साह, रोज महम्मद, एैनुल मियाँ, श्रीकान्त यादव सहित ११ जनालाई सम्मान गरिएको छ ।
अल नेपाल मुस्लिम सोसाइटी दुबइ (गल्फ) का अध्यक्ष फिरोज आलम, दहेज मुक्त अभियान रौतहटका उपाध्यक्ष ग्यासुद्दिन आलम र दहेज मुक्त अभियानका अध्यक्ष मुन्ना अलीले सम्मानित गरेका थिए ।
अल नेपाल मुस्लिम सोसाइटी दुवईका अध्यक्ष फिरोज आलमले समाजमा दाइजोको कारण बढ्दै गएको महिला हिंसालाई निरुत्साहित गर्न र सभ्य समाजको निर्माण गर्ने अभियानलाई अघि बढाएको चर्चा गर्दै सोही क्रममा समाजका अगुवा भद्रभलादमीहरुलाई दहेज मुक्त समाजको निर्माणमा सहभागी हुन समस्त रौतहटवासी संग आग्रह गरे ।विगत लामो समय देखि यस सोसाइटीले आगलागि पिडित, बाढीपडित, दिनदुखी, विहेवारी लगायतका कार्यहरुमा अनुकरणीय कार्यमा निरन्तर रुपमा सोसाइटी लागि परेको आलमले प्रष्ट पारेका थिए ।