रौतहट, ३१ असार । देवाही गोनाही नगरपालिकाको गोनाही टोलमा करेन्ट लागेर ४५ बर्षिय चुनिलाल पासवानको मृत्यु भएको छ ।
सोमवार दिउसो देवाही गोनाही नगरपालिका वडा नम्वर ७ गोनाही टोद बस्ने पासवानले खेतमा विद्युतिय मोटरबाट सिंचाई गरेर छिमेकीको खेतमा सिंचाई गर्न विद्युतीय तार जडान गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भइ पासवानलाई तत्कालै उपचारको लागि शिवनगरको झाझ पुल स्थित ग्राण्डी अस्पतालमा पुर्याएपनि उनको मृत्यु भएको बताइएको छ ।घटना भए लगतै सशस्त्र वेश क्याम्प देवाहीबाट खटिएका सशस्त्र प्रहरीले घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएको केही समयमै पासवानलाई चिकित्सकले मृत घोषित गरेपछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको सशस्त्र प्रहरी वल नेपाल नम्वर ११ गण रौतहटका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिएका छन ।