Wednesday, January 22, 2025

श्रोत नखुलेको रकम बरामद

पछिल्लाे समाचार


रौतहट, १० साउन । गौर भन्सार क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले श्रोत नखुलेको रकम बरामद गरेको छ ।
विहिवार गौर नगरपालिका वडा नम्वर २ भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको भन्सार सुरक्षा पोष्टबाट भारतको बैरगनियाबाट आउदै गरेका विआर ३० एसी ७९१४ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा श्रोत खुल्न नसकेका चार लाख ४० हजार रकम सहित एकजना लाई पक्राउ गरिएको छ ।


मोटरसाइकल चालक भारत विहार सितामढी जिल्ला वैरगनिया ८ असोगी गाउँका ४७ बर्षिय प्रदीपकुमार वर्मालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिएका छन ।
वर्माले मोटरसाइकलको भाइजरमा चार लाख ४० हजार नेपाली रुपैया लुकाएर नेपाल ल्याउदै गरेको र उक्त रुपैयाको श्रोत खुल्न नसक्दा आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु