Wednesday, January 22, 2025

यातायात कार्यलय गौरका हाकिम पैसामा बिकेको गुनासो

पछिल्लाे समाचार


रौतहट २१ असार ।
यातायात कार्यालय रौतहट गौरले पैसाको भरमा लाईसेन्स बनाइदिने गरेको रहस्य खुलेको छ ।
सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहिसँग कार्यालय प्रमुख अमरेन्द्र दासले परिचालन गरेका बिचौलीयाहरुले मोटो रकम लिएर मात्रै लाईसेन्स दिदै आएका छन् ।
यातायात कार्यालयका प्रमुख दासले कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको सेटिङ्ग मिलाई ठुलो रकम लिई पास गराउने गरेको प्रमाण फेला परेको छ ।
यातायात कार्यालय रौतहटका प्रमुख दासले परिचालन गरेका बिचौलियाहरुले सेवाग्राहीसँग छिटो भन्दा छिटो लाईसेन्स बनाई दिन्छु भन्दै १५ हजार देखि ३० हजार रुपैया लिने गरेको सेवाग्राहीहरु बताउछन् । त्यसरी उठाएको रकम दासलाई बुझाई नयाँ लाईसेन्स दिने गरेको स्रोतको दाबी छ ।
त्यसैगरि यातायातमा भईरहेको भ्रस्टाचार रोक्नको लागि ट्रायल सेन्टरको ग्राउण्डमा सिसि क्यामेरा जडान गरे पनि सो क्यामरा हात्तीको देखाउने दाँत जस्तै मात्र रहेको छ । मोटरसाइकलको लाईसेन्स लिनको लागि १५ हजार र ठुलो चार पाङ्ग्रे सवारीहरुको २५ देखि ३० हजार लिएर फेल भएकाहरुलाई पास गराउने गरेको स्रोतले दाबि छ ।
यातायात कार्यालय रौतहटका प्रमुख दासका विश्वासपात्रको रुपमा रहेका चितवनका बिचौलिया रमेश पाठक लाई सेवाग्राहि संग पैसा लिएर लाईसेन्स बनाई दिने गरेको आरोपमा रौतहट प्रहरीले २ महिना अगाडि नियन्त्रणमा लिएको थियो ।
पाठकलाई रकम असुल गर्न कार्यालय प्रमुख दासले नै परिचालन गरेका थिए । दासले यातायात कार्यालय गौरमा र पहिले यातायात कार्यालय पर्सा मा रहँदा सेटिङ्ग मिलाएर र अख्तियार दुरुपयोग अनुसंधान आयोगको आँखामा कसरी धुलो हाल्थे सो बारे कुराकानी गरेको ५४ मिनेटको अडियो क्लिप समेत समाजिक संजालमा केही समय अघि भाईरल भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु