Sunday, February 2, 2025

बाइक चोरी गर्ने २ जना पक्राउ

पछिल्लाे समाचार


रौतहट १५ साउन । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा सर्लाही हरिवन नगरपालिका–१ भुटकुनी टोलका २० वर्षीय मुकेश साह र रौतहट माधवनारायण नगरपालिका–१ दिपही टोलका २७ वर्षीय शिवचन्दन प्रसादलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
मुकेशले साउन १२ गते चन्द्रपुर–१ नुनथर मन्दिर नजिकबाट भारतीय नागरिक सुनीलकुमार साहको बिआर ३० एफ ५३३६ नम्बरको अपाचे मोटरसाइकल र शिव चन्दनले साउन ११ गते राति चन्द्रपुर–४ मुस्लिम टोलका हसन सरिफ मन्सुरीको वाग्मती प्रदेश ०२–०२८ प ७८३४ नम्बरको बजाज कम्पनीको मोटरसाइकल चोरी गरेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन ।
उनले पक्राउ परेका मुकेशलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिएको बताए ।
यस्तै चन्द्रपुर–८ सन्तपुर बजारबाट हराएको प्रदेश २–०३–०११ प ९७०२ नम्बरको मोटरसाइकल मंगलबार बिहान गुजरा नगरपालिका–२ जंगलमा घाँसले छोपेको अवस्थामा फेला पारेको ईलाका प्रहरीका प्रहरी निरीक्षक साजन साहले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु