Wednesday, January 22, 2025

बर्षाको पानीले गौरमा समस्या

पछिल्लाे समाचार


रौतहट १६ साउन । गौर को मुख्य बजारमा बर्षाको पानी जमेपछि समस्या भएको छ ।
पैदल, साइकल र मोटरसाइकलजस्ता सवारी चालकलाई समस्या भएको छ ।
मुख्य बजारमा सानो ढल निर्माण गरिए पनि त्यहाँबाट निकास हुने पानी पूर्व हुँदै बाँधमा पुग्ने हुदा समस्या भइरहेको हो ।
एक दशकअघि ८/९ फिटसम्मका गहिराे नदी अहिले १ फिटमा सीमित भएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए ।
मेयर साहले भने, ‘बर्सेनि वाग्मती र लालबकैया नदीमा आउने बाढी सदरमुकाम गौर प्रवेश गरेसँगै बालुवा थुप्रिएर नदी पुरिएको हो ।
डुबानका बेला गौर बजारको जनजीवन अस्तव्यस्त हुने गरेको छ ।
भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनिया लगायत बिहारको सहर बचाउन रौतहटको सिमाक्षेत्रमा २० फिटभन्दा बढी अग्लो झण्डै ३० किलोमिटर लामो बाँध बनाएपछि डुबान सुरु भएको जानकारहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु