रौतहट ३१ असार । रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे निर्माण सम्पन्न भएको छ ।
रौतहट ३ का सांसद तथा आजपाको अध्ययक्ष प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोल्न पहल परेका थिए ।
धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ । यसमा १२ किलोमिटर जंगल रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्याक खोल्ने काम भएको थियो ।
ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्ष पछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड लागतमा कालोपत्रे गरिएको छ ।
धनसर–जंगलसैया सडक हुदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै ट्याक निर्माण भएको थियो ।
रौतहटका गौरिशंकर साहले जिल्लामा भएको बिकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन् ।