रौतहट ११ साउन । परोहा नपाले पर्यावरण संरक्षणका लागि ७ सय फलफूलका विरूवा रोपेको छ ।
परोहा नगरपालिका वडा नं ५ नमनगर टोल पश्चिम मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
परोहा नगरपालिकाका मेयर शेख वकिलको प्रमुख आतिथ्यमा फलफूलको विरुवा रोपिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर वकिलले फलफूलको विरुवाबाट स्थानीय जनसमुदायहरुलाई धेरै फाईदा हुने बताउदै र शुद्ध फलफुल खान, बेच्न मिल्ने बताए ।
वृक्षारोपण गरिएको फलफूलको विरुवालाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनले बताए ।
आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोप्न आवश्यक रहेको उनको धारणा छ ।
वृक्षारोपण कार्यक्रममा परोहा नपाकी उपमेयर सुगान्धी गिरी, वडाअध्यक्ष नागेन्द्र प्रसाद पटेल, जवाहलाल यादव, खेदु मुखिया, ईलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरीक्षक रामद्रेश यादव, योजना शाखा प्रमुख अब्दुल हक र स्थानीय बासिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम वडा नं ५ का वडाअध्यक्ष शेख नसिमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
एक परिवार, अनिवार्य एक वृक्षारोपण कार्यक्रम परिवर्तनको लागि साथी नेपाल राजदेवी नपा ७, रौतहटले आयोजना गरेको थियो भने सहयोगी संस्था परोहा नगरपालिका र हेल्मेटास नेपाल ईनईलम परियोजनाले गरेका थिए ।
कटहर,आँप,लिच्ची,कागती लगाएत बिभिन्न प्रजाती
को बिरुवा रोपिएको छ ।