Wednesday, January 22, 2025

गौर २ मा सडक भन्दा ढल अग्लो

पछिल्लाे समाचार


रौतहट, २१ असार । गौर नगरपालिका वडा नं. २ मा उपभोक्ता समिति मार्फत निर्माण भएको ढल मा पानी नबग्ने गरि बाटो भन्दा अग्लो निर्माण गरिएको छ ।
मधेश प्रदेश सरकारको योजनामा रौतहट १ का प्रदेश सभा सदस्य नागेन्द्र यादवले गौर २ का वडा अध्यक्ष मार्फत गराएको ढल तथा बाटो निर्माणको काममा जिल्ला पूर्वाधार कार्यालयको चरम लापरवाही देखिएको छ ।
चल्तीको सडकमा ढल र सडक दुवै निर्माण गर्ने भन्दै उपभोक्ता समिति मार्फत २० लाख बराबरको बजेट राखिएको सो योजना ढल मात्रै बनाएर सम्पन्न भएको छ ।
स्थानीय टोलवासीलाई सडक र ढल दुवै बनाउने भनेका उपभोक्ता समिति र वडा अध्यक्षले जिल्ला पूर्वाधार कार्यालयका ईन्जिनियर तथा कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार गर्दै विकासको नाममा विनाश गरेको स्थानियले आरोप लगाएका छन ।
जिल्ला पूर्वाधार कार्यालयका प्रमुख तथा कर्मचारीको बदनियतका कारण रौतहटमा अधिकांश उपभोक्ता समितिले योजनाको नाममा सरकारी बजेटमा ब्रह्मलुट मचाएकाे गुनासो छ ।


“गौर २ मा निर्माण भएको ढलको सम्बन्धमा पूर्वाधार कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराउन जाँदा कार्यालयमा भेट नभएको र फोन समेत नउठेको गौर २ का प्रमोद साहले बताएका छन ।
यस्तै गौर नगरपालिकाको सबगढामा निर्माण भएको ढल सडक भन्दा अग्लो बनाईएको छ ।
आफुले सो ढल निर्माण भइरहेकै बेला पूर्वाधार कार्यालयका कर्मचारीलाई ढलको उचाई बढी भएकोले त्यसलाई सच्याउन भने पनि कर्मचारी तथा कार्यालय प्रमुख समेतले कुनै वास्ता नगरेको गौर नगरपालिकाका मेयर शम्भू साहले बताएका छन ।
पालिका भित्र हुने निर्माण लगायतका काममा पूर्वाधार कार्यालयले आफ्नै तरिकाले काम गराउँदा समस्या उत्पन्न भएको मेयर साहले बताए ।
जिल्ला पूर्वाधार कार्यालयका प्रमुख संजिब कुमार साहलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन । आर्थिक वर्षको अन्तीम समयमा पूर्वाधार कार्यालयका कर्मचारीहरु कार्यालयको सट्टा घर तथा होटेल मा बसेर भुक्तानी लगायतका कामहरु गरीरहेकाे व्यापक जनगुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु