रौतहट ३० असार । लालबकैया नदी र बागमती नदीको बाँधमा बाढीले केही स्थानमा क्षेती पुर्याएको छ ।
क्षतिग्रस्त बाँधको समयमा मर्मत नभएको अवस्थामा बागमती नदी र लालबकैया नदीमा आउने ठूलो बाढीले क्षती हुने जोखिम बढेको छ ।
यसैबीच लालबकैया नदी नियन्त्रणको लागि मौलापुरकी मेयर रिना कुमारी साहको सक्रियतामा गत सोमवार रौतहट जिल्ला बिपद ब्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपुर्ण बाँधको अनुगमन गरिएको छ ।
मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेक कुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दास, सहीत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मौलापुर १ मर्यादपुरस्थित बाँधको निरिक्षण गरेको थिए ।
मर्यादपुर छेउ लालबकैया नदीको बाँधमा करिव सातसय मीटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् ।
जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यस पटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्छ अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन ।