रौतहट, १५ साउन । जिल्लाको विभिन्न नाकाहरु बाट राजस्व छलेर भित्राइएको मालसामानहरु बरामद गरी प्रहरीले भन्सार बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस नोट जारी गर्दै, पछिल्लो विभिन्न मितिमा जिल्लाको विभिन्न स्थानहरुबाट राजस्व छलेर नेपाल भित्रयाइएका ९ लाख १७ हजार भन्दा बढिको सामानहरु बरामद गरेको जनाएको छ ।
भन्सार छलेर भारतीय बजारबाट नेपाल भित्रयाइएका लत्ताकपडा, किराना सामग्री, श्रोत खुल्न नसकेको नोट, सौफी मदिरा सहित बाईक गरेर ९ लाख १७ हजार ८ सय ४५ रुपैया मूल्य बराबरको मालसामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिए ।