रौतहट, १८ जेठ । सवारी ऐन नियमको विपरित सवारी साधन चलाउने ५ सय २५ चालकलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार प्रेस नोट जारी गर्दै जेठ ९ गते देखि लिएर १७ गते सम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा चालकहरु कार्वाहिमा परेका हुन ।
ट्राफिक प्रहरीले ५ सय २५ सवारी साधनलाई कारवाही गरेर ६ लाख ३५ हजार राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।