Wednesday, January 22, 2025

मलाहीट‍ोलमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ४९ जनालाइ चेक हस्तान्तरण

पछिल्लाे समाचार


रौतहट २९ जेठ ।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गरुडा नगरपालिकाले ४९ जना गरिव तथा बिपन्न परिवारलाइ चेक हस्तान्तरण गरेको छ ।
गरुडाका मेयर कन्थमनि प्रसाद जयसवालले मंगलवार एक कार्यक्रम बीच वडा नम्बर ३ मलाहीटोलका ४९ परिवार लाभग्राहीलाई पहिलो किस्ता वापत प्रती परिवार ४५ हजार रुपैयाँको दरले चेक हस्तान्तरण गरेका छन ।
खर, पराल, आसवेटस वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरिले सहजै प्रभावित हुन सक्ने अन्य सामाग्रीबाट छाएका घरका छानालाई बिस्थापित गरी जस्तापाताको छाना लगाउन उक्त रकम प्रदान गरिएको हो ।
शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ल्याएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तरगत रकम को चेक
मंगलवार मलाहीटोलका ४९ घर परिवारलाई पहिलो किस्ता को रकम हस्तान्तरण गरिएको मेयर कन्थमनि प्रसाद जयसवालले बताएका छन ।
फुसले छाएको घरमा हरेक वर्ष आगलागि भएर ठूलो जनधनको क्षती हुनेगरेकाले सरकारले फुसको घरबाट हुने जनधनको क्षती रोक्न फुसको घर बिस्थापित गरि जस्तापाताको छाना भएको घर बनाउने योजना ल्याएकाे थियो ।
लाभग्राहीहरुले पहिलो किस्ता वापतको रकम बुझी सुरक्षित नागरिक आवास कार्यक्रमको कार्यविधि बमोजिम जस्तापाताको छाना लगाएपछि प्राविधिकहरुको अनुगमन पश्चात दोश्रो किस्ता वापत ३० हजार रकम उपलब्ध गराइने मेयर जयसवालले बताए का छन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु