Wednesday, January 22, 2025

बिजुलीको पैसा नतिर्ने सामुदायिक बिधालयको बिजुली काटियो

पछिल्लाे समाचार


रौतहट, ४ असार । बिधालयहरुले बिद्युत महसुल नतिरे पछि रौतहटका ३० बटा सामुदायिक विद्यालयको लाईन काटिएको छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखा अन्तर्गत चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुको लाइन काटिएको हो ।
विद्यालयको नाममा जडान गरिएका मिटरहरुमा विद्युत महसुल धेरै उठेको र पटक–पटक महशुल तिर्नका लागि ताकेता गर्दा नतिरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन।
नेपाल विद्युत प्राधिकरण ले चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैया टोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया, बतहु माध्यमिक विद्यालय हरसाह, लगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत लाइन काटिएको हो ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाले सामुदायिक विद्यालयहरुको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पङ्खा चलाउन नपाउदा गर्मीमा पिडित बनेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्ने तर्फ ध्यान नदिएका कारण विद्यालयको लाइन काटिएको हो । विद्यालयको लाइन काटिएपछि विद्यार्थीहरु बिना पङ्खा अध्ययन गर्न बाध्य भएका छन् ।
४० डिग्री गर्मीको बेला विद्यालयमा बिजुलीको लाइन काटिएपछि आफूहरु गर्मीमा कक्षाकोठामा बसेर पढ्न बाध्य भएको कृष्ण मावि बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरी दुखेसो पेखेका छन ।
व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्न ध्यान नदिएका कारण विद्युत प्राधिकरणले बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको प्रमुख यादवको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु