Wednesday, January 22, 2025

पक्राउ परेका हुण्डी कारोवारी हिरासत बाट फरार

पछिल्लाे समाचार


रौतहट, ६ असार । श्रोत नखुलेको १४ लाख ८० रुपैया सहित पक्राउ गरेका हुण्डी कारोवारीलाई सशस्त्र प्रहरीले पक्राउ गरी कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको मा ति कारोवारी फरार भएका छन् ।
सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको केही समय पछि शौच गर्ने बहानामा भन्सार कार्यालयको पर्खाल बाट हाम फालेर फरार भएका हुन ।
सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले विहिवर विहान १० बजेको समयमा बौधीमाई नगरपालिका वडा नम्वर ७ स्थित भन्सार गेटमा विआर ०५ विवि ६२१२ नम्वरको भारतीय नम्वरको मोटरसाइकल चेकजाँच गर्दा सिट मुनी लुकाएर राखेको १४ लाख ८० हजार रुपया सहित भारत पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ बर्षिय गजेन्द्र रायलाई नियन्त्रणमा लिएकाे थियो ।
सशस्त्र प्रहरीको वेस क्याम्पस सरमुजवाको सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको टोलीले गौर भन्सार कार्यालयमा १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित हुण्डी कारोवारी गजेन्द्रलाई बुझाएको थियो ।
भन्सार कार्यालयमा मुद्दा नम्बर ७७१ मा दर्ता भएपछि सशस्त्र प्रहरी फर्किएको जनाएको छ ।
तर, सशस्त्र प्रहरीले बुझाएको हुण्डी कारोवारी भन्सार कार्यालयबाट फरार भएपछि भन्सार प्रमुखले आफनो नियन्त्रणबाट फरार नभएको दाबी गर्दै सशस्त्र प्रहरीको नियन्त्रणबाट फरार भएको दाबि गरेका छन ।
गौर भन्सार कार्यालयको प्रमुख अमरेन्द्र सिंहले भने “हामी अर्थ मन्त्रीज्यूको भर्चुअल मिटिंङमा व्यस्त रहेको बेला एक्कसी मानिस फरार भएको कुरा सुनेको र त्यस वेला सम्म भन्सारको नियन्त्रणमा नरहेको बताए ।”

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु