Wednesday, January 22, 2025

चर्को गर्मी ले भन्दा भोको पेटले पोल्छ मजदुरलाइ

पछिल्लाे समाचार


रौतहट १९ जेठ । गुजरा नगरपालिका–८ सिम्राभवानीपुरका ३५ वर्षीय भिखारी माझी चर्को गर्मिमा इँटा बनाउने काममा ब्यस्त छन ।
भिखारी जस्तै सयौ मजदुर चर्को घाममा इटाभट्टामा मजदुरी गर्न बाध्य छन ।
माटो मुछ्दै गरेका माझीले पसिना पुछ्दै बाध्यताले गर्दा गर्मी भन्दा काम प्यारो भएको सुनाए  ।
विपन्नतासँग जुधिरहेका भिखारी जस्ता सयौ मजदुर बिहान ७ बजे नै इँटाभट्टामा पुगेर माटो संग कोइला संग खेल्न थाल्छन ।
दिउँसो एक बजे आधा घण्टाको खाना खाने छुट्टीमा सितल खोज्दै पसिना सुकाउछन ।
काम नगरे दैनिक ५ सय रुपैयाँ ज्याला आउदैन । मजदुरहरु पीडा सुनाउछन ‘गरिबीले गर्मी, घाम, पानी, बर्खा केही भन्दैन रहेछ ।
इँटाभट्टामा ‘कोइला म्यान’ नामले चिनिएका भरतराम कलवान दायाँबायाँ कतै नहेरी आफ्नै ध्यानमा काम गरीरहेका थिए ।
भारतको लखनऊ घर बताउने भरतराम कलवान  चर्को गर्मीले भन्दा पापी पेट ले सताउने बताउछन ।
५ वर्षयता उनी इँटाभट्टामा काम गरिरहेकाे रामले सुनाए, ‘गर्मीमा पनि काम गर्नैपर्छ । काम नगरी बालबच्चा लाई खुवाउन मुस्किल पर्छ ।
जति गर्मी भए पनि रौतहटमा सञ्चालनमा रहेका अधिकांश इँटाभट्टामा कामदार हरु घाममा काममै ब्यस्त देखिन्छन ।
रौतहट इँटा उद्योग संघका अध्यक्ष रामविनोद साहले १० वर्षअघिसम्म जिल्लाभर १ सय ६३ वटा सम्म इँटा उद्योग रहेकामा अहिले ४२ वटा मात्र सञ्चालनमा रहेको जानकारी दिए ।
फोटो गुगल

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु