Wednesday, January 15, 2025

चन्द्रोदय साकोसको बार्षिक कार्ययोजना तथा बजेट निर्माण कार्यशाला सम्पन्न

पछिल्लाे समाचार


रौतहट १५ असार । चन्द्रोदय साकोसले आयोजना गरेका आ.व.२०८१/०८२ को बार्षिक कार्ययोजना तथा बजेट निर्माण कार्यशाला कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
आव २०८१/०८२को बजेट निर्माण देखी हाल सहकारी हरुमा देखिएको ऋण जोखिमका न्यूनीकरण देखी अहिलेका सहकारीका समस्याहरु जस्ता महत्त्वपूर्ण बिषयहरु माथी छलफल भएको अध्यक्ष वसन्त आचार्यले जानकारी दिएका छन ।


नेपालका सहकारी वित्त विज्ञ केशव पोखरेलले सहजीकरण गर्नुभएको सो कार्यशालामा नेफ्स्कुन सदस्य सेवा कार्यलय हरिवन सर्लाहीका प्रमुख महेश बरालको सहभागिता रहेको थियो ।
संस्थाको तर्फबाट संस्थाका अध्यक्ष, लेखा समिति संयोजक, उपाध्यक्ष, सचिब सहित संस्थाका ब्यबस्थापन टिमका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।
कार्यशालाको अन्त्यमा संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरि अध्यक्ष आचार्यले कार्यक्रम समापन गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु