Wednesday, January 15, 2025

आर्थिक कारोवार नगर्न फतुवा विजयपुर नगरपालिका लाईअदालतको आदेश

पछिल्लाे समाचार


रौतहट १४ असार ।फतुवा विजयपुरनगरपालिका लाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगज अल्पकालिन आदेश जारी गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
फतुवा बिजयपुर १ का बिजय कुमार यादव समेतले दिएको निवेदनपछि उच्च अदालतका न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश गरेको छ ।
न्यायाधीश लम्सालको ३ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता इन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरीले बहस गरेका थिए।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान ले मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।
कारोवारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास बिरगजले अव्यकालिन अन्तरिम आदेश जारी गरेको हो।
सो नपामा २ बर्षयता उपसचिव प्रधान तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका हुन्।
फतुवा विजयपुरका निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष निलम्वनमा परेका थिए ।
उनकी पद गएपछि काग्रेसबाटै निर्वाचित उपमेयर खालुन ले कार्यबाहक मेयर को जिम्मेवारी पाएकी थिइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु