रौतहट ३२ जेठ ।जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिनामा ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकेर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका बिभिन्न युनिटहरूले पक्राउ गरेको हो ।
गत जेठ १ देखि ३० गतेसम्म पक्राउ परेका सबै जना फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरे ले जानकारी दिएका छन ।