रौतहट १ असार । २० वर्ष कटेपछि छोरीको विवाह गरीदिने
अभिभावकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
सामुदायीक भवन गंगापिपरामा दुर्गा भगवती गाउँ पालिकाद्धारा आयोजित कार्यक्रममा गाउँ पालिका अध्यक्ष शम्भु सिहले कार्यक्रमको उद्घाटन गरेका थिए ।
दुर्गा भगवती गाउँ पालिकाका अभिभावकहरुले २० वर्ष पछि छोरीको विवाह गरेमा सम्मान तथा पुरुस्कार दिने चुनावी घोषणा अनुरुप वडाका २०७९ साल साउन देखि २०८० असार सम्ममा विवाह गर्ने अभिभावकलाई पुरस्कार दिएको उनले बताए ।
उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विवाह गर्दा मानसिक तथा शारिरिक समस्या आउने गरेकाले बालबिवाह रोक्नु पर्ने अध्यक्ष सिहले बताए ।
वडा न ४ का वडा अध्यक्ष रामानन्द राय यादव , वडा न ३ का डिके झा , वडा न ५ का धर्मेन्द्र चौधरी लगायत वडा न २ र १ का वडा अध्यक्ष तथा वडा सचिवहरुलाई बाल विवाह न्यूनीकरणमा योगदान पुर्याएकोले सम्मान गरिएको थियो ।त्यसै गरी कार्य पालिकाका सदस्यहरु , प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक लगायतका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बाल बालिकाहरुले बाल विवाह न्यूनीकरण गर्नका लागी चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।
गाउँपालिकाको उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धानको उपनिर्देशक अभिनय सिह , वडाध्यक्षहरु सुरेश चौधरी, डिके झा, रामानन्द यादव र धर्मनाथ चौधरी ले आ आफनो मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय गौरका प्रमुख अभिनय सिह ,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा , अग्रज पत्रकार प्रभात कुमार झा , पत्रकार आलोक पाण्डे , चञ्चल झा ,पवन राज गुप्ता लगायत लाई अध्यक्ष सिहले सम्मान गरेका थिए ।