रौतहट, ३२ जेठ । नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल द्धारा परोहा नगरपालिकाको रामपुर खापमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न भएको छ ।
सेवा फाउण्डेशनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवा द्धारा परोहा नगरपालिका वडा नम्वर ५ रामपुर खाप स्थित जनता माध्यमिक विद्यालयमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न भएको हो ।
सेवा फाउण्डेशनको सहयोगमा विगत बर्ष झै धामी झाक्री, औषधी विक्रेता, स्वास्थ्य कार्यकर्ता, राजनीतिकर्मीहरुलाई दिइने कार्यक्रम अन्तर्गत आज रामपुर खापमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आँखा स्वास्थ्य सम्बनधी जनचेतनामुलक तालिम दिइएको छ ।
कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थिति रहेका थिए भने स्थानीय स्तरमा परोहा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
उक्त प्रशिक्षण कार्यक्रममा नेत्र अधिकृत विनिता केसरी र प्रशिक्षक सत्येन्द्र पाण्डेले कार्यक्रममा सहभागी भएका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी ज्ञान, सीपहरु दिदै गर्मीको समयमा आँखालाई सुरक्षित राख्ने तरिका बारे जानकारी दिएका छन ।