मुकेश कुमार साह,।
रौतहट २ जेठ । सिद्धार्थ प्रीमियर इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ।
इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी गरुडा ४ मा अवस्थित अंशु ट्रेडर्सलाई ९४ लाख ३६ हजार रकम भुक्तानी गरेको हो ।
ट्रेडर्समा गत असोज ६ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकमको चेक कम्पनीका मधेस प्रदेश प्रमुख बद्री बहादुर अधिकारीले ट्रेडर्सका सञ्चालकलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सिद्धार्थ इन्सुरेन्सका मधेश प्रदेश प्रमुख
अधिकारीले अझैपनि बिमा सम्बन्धि चेतना नभएकाले बिमा गर्न हिचकिचाउने गरेको औंल्याउँदै घटना घटीसकेपछि मात्रै बिमाको महत्व थाहा हुने बताए ।
उनले आफ्नो कम्पनीले नाफालाई भन्दा पनि सेवालाई आधार मानेर काम गर्ने गरेकाले बिमितले बिल भरपाई सुरक्षित र चुस्त राखेमा बिमा दावी भुक्तानी सहज हुने जनाए। उहाँले बिमितलाई बिल भरपाई लगायतका कागजातहरु सुरक्षित रुपमा राख्न पनि आग्रह गरे ।
कार्यक्रममा गरुडा नगर उद्योग बाणिज्य संघ का अध्यक्ष सतिस साहले बिमितलाई छिटो रकम हस्तान्तरण गरी व्यवसायबाट पलायन हुन नदिन र ब्यवसायी प्रतिको बिश्वास बढाउदै जिम्मेवारी पुरा गरेकोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ब्यक्त गरे ।
उनले व्यवसायीहरुले भबितब्य र जोखिमको सामना गर्न बिमा गर्ने भएकाले बिपतमा बिना झण्झट बिमा रकम हस्तान्तरण गरेमा बिमा व्यवसाय पनि बढ्दै जाने बताए ।
दावी भुक्तानी पछि अंशु ट्रेडर्सका सञ्चालक रामजनम साहले आगलागिबाट आफ्नो पसल पुरै सखाप भएको र बेलैमा बिमा गरेकाले केही भएपनि राहत महसुस भएको बताउँदै खुसी व्यक्त गरे । कार्यक्रममा उध्योग बाणिज्य संघका पदाधिकारी,बैंकर्स,ब्यापारी,संचारकर्मी लगायतको उपस्थिति रहेको सिद्धार्थ इन्सुरेन्सका चन्द्रपुर शाखा प्रमुख शुसिल अधिकारीले बताए ।