रौतहट २६ जेठ । रसिया देश पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन ।
स्टुडेन्ट भिसामा रसिया पठाई दिन्छु भनि नेपाल स्थित रसियन एम्बेसीबाट जारी भएको भनी नक्कली कागजातहरु देखाई रौतहटको यमुनामाई गाउँपालीका वडा नं.-२ बस्ने बर्ष २० को जितेन्द्र कुमार यादवसँग दश लाख सतासी हजार सात सय बिस रुपैया रकम ठगी गरी आरोपमा एक युवक पक्राउ परेका छन ।
युमनामाई गाउँपालीका वडा नं.-२ बस्ने वर्ष २३ को राहुल कुमार प्रजापतिलाई जेठ २२ गते पक्राउ गरी ठगी तथा आपराधिक लाभ संम्वन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भई रहेको
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपि एलिजा गिरीले जानकारी दिएकी छिन ।