Tuesday, January 21, 2025

बिपन्न छात्राहरु लाइ छात्राबृत्ति रकम हस्तान्तरण

पछिल्लाे समाचार


रौतहट ३२ जेठ । बिपन्न बालिकाहरु लाई अध्ययनका लागि झापाली समाज अमेरिका, झापा विकास मञ्च काठमाण्डौ र लायन्स क्लब चन्द्रपुर ग्रिन सिटी रौतहट द्वारा छात्राबृत्ति रकम हस्तान्तरण गरीएको छ ।
आब २०८० / २०८१ को शैक्षिक पठन पाठनको पहिलो किस्ता बापत पन्ध्र हजार (१५०००)का दरले १० जना छात्रा लाई नगद हस्तान्तरण गरिएको छ।



श्री अम्बिका आधारभुत विद्यालय चन्द्रपुर ५ रौतहटकि दिपिका चौधरी,श्री माध्यमिक विद्यालय डुमरिया (म.) चन्द्रपुर ९ की प्रतिभा चौधरी, दलित जागरण अधारभुत विद्यालय बेतौना चन्द्रपुर ८ की रोपा पासवान, जनहित सामुदायिक आधारभुत विद्यालय गैडाटार चन्द्रपुर ३ कि भावना मगर, हातेमालो आधारभुत विद्यालय चन्द्रपुर ६ की मुस्कान राई, जन जागृति माध्यमिक विद्यालय सिन्धुरीचारी चन्द्रपुर ९ कि सुनिता कुमारी राम, जन ज्योति माध्यमिक विद्यालय चन्द्रपुर ६ कि रोशिका बस्नेत,रामचन्द्र मा. वि. गरुडा की परमकला पासवान ,श्री मा. वि रौतहट माधवनारायण कि पिकी कुमारी राम, श्री हनुमान प्रावी. रमौली ,वृन्दावन राधा कुमारी राम लाई रकम हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बिधालयहरुको तर्फबाट प्रअ शत्रुधन साहले गरिव विपन्न छात्रा हरु लाई सहयोग गरेको मा धन्यवाद दिएका छन ।
रौतहटका ७ जना छात्रा लाई झापाली समाज अमेरिका, झापा विकास मञ्च काठमाण्डौ ले र ३ जना छात्रा लाई लायन्स क्लब चन्द्रपुर ग्रिन सिटी रौतहट ले छात्राबृती प्रदान गर्दै आएको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय झापाली समाज का अध्यक्ष मुकुन्द ढुड्गाना ले शिक्षा स्वास्थ्य , खेलकुद को क्षेत्रमा काम गर्दै आएको बताए ।
एक करोडको कोष स्थापना गरेर त्यसको ब्याजले विभिन्न जिल्लाहरुमा बालबालिको हरुको शिक्षामा खर्च गर्दै आएको उनले बताए ।
कक्षा १२ सम्म पढाउने योजना रहेको र हाल १ सय जना छात्राहरु विभिन्न जिल्लाका बिधालयहरुमा अध्ययन गरीरहेको अध्यक्ष ढुड्गाना जानकारी दिएका छन ।
उक्त कार्यक्रमका प्रमुख अतिथी चन्द्रपुर नपाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी ले नगरपालिका को आगामी यो जनाहरु शिक्षा र स्वास्थ्य मा केन्द्रित हुने बताएका छन ।
कार्यक्रममा संचारकर्मी तथा जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष संजय कार्की, लायन्स कल्व ग्रिन सिटी का चिफ डिष्ट्रिक कोर्डिनेटर दिपक रेग्मी, लायन्स कल्व अफ फेमिना कि अध्यक्ष निर्मला सुवेदी, लायन्स कल्वका शेख अजरुद्दीन ,कुन्ता दाहाल,ओसिम अख्तर , बिधालयका शिक्षकहरु, बिधार्थी, संचारकर्मी हरुको उपस्थिती रहेको थियो ।
छात्राबृती बितरण कार्यक्रम चन्द्रपुर नपा ६ का वडा अध्यक्ष सहदेव केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु