Wednesday, January 22, 2025

बाटो बनाउने क्रममा पाइप फुटेपछि खानेपानी बन्द

पछिल्लाे समाचार


चन्द्रपुर ११ असार । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ,ले मगलवार दिनभर तल्ले बजार आसपास खानेपानी अवरुद्ध हुने जनाएको छ ।
चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट नियमित रुपमा चन्द्रनिगाहपुरको विभिन्न ठाउँमा पानी सूचारु भई रहेकोमा गए राति असार १० गते चपुर तल्लो बजार खण्डको पश्चिम तर्फ प्रमाणी दाँत घर नजिक बाटो बनाउने क्रममा करिव ९ बजे राती जेसीवीले खानेपानीको पाइपमा क्षति पुर्याएको कारण गौर रोड पश्चिमतर्फ नेपाल बैंकको भल्व बन्द रहेको कारण सो भल्वबाट संचालन हुने गौर रोड पश्चिम तर्फको उपभोक्ताहरुको धारामा पानी अवरुद्ध भएको जनाएको छ ।
मंगलवार वेलुकाबाट पुनः खाने पानी सूचारु हुने चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय प्रमुख लोकेन्द्र खड्का ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु