Tuesday, January 21, 2025

बागमती नपाका मेयर,उपमेयर सहित ६ जना माथी विशेष अदालतमा मुद्दा दर्ता पछि चर्चैचर्चा

पछिल्लाे समाचार


सर्लाही, ३० जेठ । बागमती माछा पोखरी अर्थात ( भरत ताल ) उत्खननमा ३० करोड भन्दा बढी रकम नियमितता गरेको आरोपमा ६ जना बिरुद्द मुद्दा दायर भएपछि यो बिषयले अहिले चर्चा पाएको छ ।
वागमती नगरपालिकाको निलम्बित मेयर भरत बहादुर थापा विरुद्ध उत्खननमा ३० करोड भन्दा बढी रकम नियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता भएकाे हो ।


सो नगरपालिका को वडा नम्वर ४ र १२ मा रहेको भरत ताल नामले चिनिने तालको निर्माण एवं उत्खनन गर्दा ३० करोड २९ लाख रुपैया अनियमितता गरेको आरोप मा निलम्बित मेयर थापा सहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहिदिन अघि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
निलम्बित मेयर थापा सहित उपमेयर लिलाकुमारी मोक्तान विरुद्ध पनि मुद्दा दायर भएको छ
अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गर्नुपर्ने मागदाबी गरेको छ ।
अख्तियारले नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
यस अघि गत चैत २८ गते अख्तियार दुरुपयोग अुनसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले सम्पती आर्जन गरेको दाबी गर्दै मेयर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
मेयर थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ। यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा स्वीकृति नलिइ माछापोखरी निर्माण गरेको र भरत ताल नामाकरण गरेको आरोप उनीहरुमाथी लगाइएको छ।
भरतताल नाम राखिएको उक्त माछापोखरीको प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन स्वीकृत नभएको अख्तियारको दाबी छ।
तर मेयर थापा लगाएतले फर्जी कागजात तयार गरेको र नगर कार्यपालिकाबाट माछापोखरीको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नगरेको आरोप पत्र मा उल्लेख छ ।
नगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृति विना बागमतीको बहाव परिवर्तन गरेर ताल निर्माण गरेको थियो।
पहिलो पोखरीबाट १७ लाख ८८ हजार र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार गरी कुल ३९ लाख ७३ हजार नदीजन्य पदार्थ उत्खनन् गरेको अख्तियारको आरोप छ।
त्यसमा अरू गणना गर्दा थप ७ लाख घनमिटर नदीजन्य पदार्थ नगरपालिकाले बिक्री गरेको भन्दै अख्तियारले ३३ लाख ५९ हजार घनमिटर रोडाढुंगाको मात्रै हिसाब देखाएको आरोप लगाएको छ।
त्यसमा १३ लाख ४० हजार घनमिटर रोडाढुंगा नदेखिएको र त्यसले नगरपालिकामा हानिनोक्सानी पुगेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्यसबाट २६ करोड ८० लाख नोक्सान भएको र भ्याटसमेत जोड्दा त्यो रकम ३० करोड २९ लाख पुग्ने अख्तियारको दाबी छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मेयर थापासहित सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ मा उल्लेखित गलत लिखत तयार पारेको, दफा १ मा गैरकानुनी हानीनोक्सानी गरेको, पुर्‍याएको र दफा १९ को गलत प्रतिवेदन तयार पारेकाे गरी ३ वटा कसुर लगाइएको छ ।
मेयर थापाविरुद्ध यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा २०८० चैत २८ मा पनि ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु